प्रदेश ४ मा मतदान सकियो, दीपक मनाङे मात्र अनुपस्थित



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा भएको मतदान एक बजे नै सकिएको छ। एक मतदाता दीपक मनाङ्गे (राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन्। २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेश सभा सदस्य ६० जना मतदाता छन्। मनाङ्गे बाहेकले सबैले मतदान गरिसकेका छन्। पाँच वर्ष जेल सजाय हुने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी फरार छन्।

मनाङ्गेले प्रदेश सभा सदस्यको सपथ समेत लिएका छैन। दिउँसो ३ बजेपछि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...