प्रमको अध्यक्षतामा प्रजातन्त्र दिवश मनाउन समारोह समिति गठन



हाम्रो इकोनोमि

प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवश मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवश मूल आयोजक समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृह मन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।

फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ ।

टुँडिखेलमा आयोजना हुने ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवशमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जंगी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्यरुपमा कार्यक्रम मनाउने बैठकले निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण देशवासीको सहभागितामा प्रजातन्त्र दिवश मनाइने बताउनुभयो । उहाँले सो दिवश मनाउन आज गठन गरिएका समिति र उपसमितिले आवश्यक तयारी र व्यवस्थापनका कामलाई तीव्रता दिने बताउनुभयो ।

तीन तहको निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै अब मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । २००७ फागुन ७ गते १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...