भिआइपीको सवारीमा सर्वसाधारणको बाटो किन छेकेको ? सर्बोच्चले माग्यो जवाफ



हाम्रो इकोनोमि

राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भीआर्इपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भीआर्इपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

आदेशमा भिआइपीको सवारी हुँदा सडक खाली गराई राष्ट्रपति तथा विशिष्ट व्यक्तिको सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुनकुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारे समेत लिखित जवाफ माग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई अधिवक्ता ज्ञानेश्वर कोइरालाले माघ १९ गते दायर गरेको रिट निवेदनमा भीआइपीको सवारीमा नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउँदा नागरिक अधिकारको हनन भएको उल्लेख छ ।

नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक सडकमा यात्रा गर्न पाउने अधिकार दिएको भए पनि राष्ट्रपति तथा अन्य विशिष्टको सवारी हुँदा नागरिकको यात्रा गर्न पाउने अधिकारको हनन भएको र नागरिकलाई मर्का परेको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...