राष्ट्रिय सभाको ३२ सदस्यका लागि मतदान सुरु



हाम्रो इकोनोमि

राष्ट्रियसभा सदस्यका लागि ६ वटा प्रदेशमा मतदान सुरु भएको छ।

निर्वाचित हुने ५६ मध्ये २४ जना यसअघि नै निर्विरोध भइसकेकाले अब ५२ उम्मेदवार ३२ पदका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रदेश २ मा सबै सदस्य निर्विरोध भइसकेकाले आज १, ३, ४, ५, ६ र ७ नम्बर प्रदेशमा मतदान भएको हो।

मतदाताका लागि प्रत्येक समूहका लागि दुईथरी मतपत्र रहेको छ। उही नाम र चिह्नका मतपत्र प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि फरक-फरक रङमा तयार गरिएको छ।

राष्ट्रियसभाको निर्वाचनका लागि मतदाताको रुपमा प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख छन्। स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुनेछ। प्रदेशसभाको सदस्यको मतभार भने ४८ हुनेछ।

राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन्।

मतदान ३ बजेसम्म सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निर्वाचन कार्यक्रम उच्च अदालत रहेका ठाउँमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...