राष्ट्रिय सभाको ३२ सदस्यका लागि मतदान सुरु



हाम्रो इकोनोमि

राष्ट्रियसभा सदस्यका लागि ६ वटा प्रदेशमा मतदान सुरु भएको छ।

निर्वाचित हुने ५६ मध्ये २४ जना यसअघि नै निर्विरोध भइसकेकाले अब ५२ उम्मेदवार ३२ पदका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रदेश २ मा सबै सदस्य निर्विरोध भइसकेकाले आज १, ३, ४, ५, ६ र ७ नम्बर प्रदेशमा मतदान भएको हो।

मतदाताका लागि प्रत्येक समूहका लागि दुईथरी मतपत्र रहेको छ। उही नाम र चिह्नका मतपत्र प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि फरक-फरक रङमा तयार गरिएको छ।

राष्ट्रियसभाको निर्वाचनका लागि मतदाताको रुपमा प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख छन्। स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुनेछ। प्रदेशसभाको सदस्यको मतभार भने ४८ हुनेछ।

राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन्।

मतदान ३ बजेसम्म सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निर्वाचन कार्यक्रम उच्च अदालत रहेका ठाउँमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...