रातारात ओली र प्रचण्डले गरे यस्तो सहमति, बिद्यालाई बम्पर उपहार अरु क–कसको खुल्दैछ भाग्य?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागवण्डा गर्ने सहमति भएको छ । उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुखमा पुरानै व्यक्तिलाई दोहोर्याउने विषयमा पनि मोटामोटी समझदारी भएको छ ।

पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका वाम गठबन्धनका शीर्ष नेताद्धय ओली र प्रचण्डवीचको छलफल अहिले प्रदेश सरकारमा केन्द्रीत छ । प्रदेशपछि केन्द्र सरकार र राष्ट्रपति, उपराष्ट्रपति र सभामुख टुंगो लगाउने समझदारी भएको गठबन्धननिकट उच्च स्रोतले जनायो ।

वाम गठबन्धनका एक शीर्ष नेताका अनुसार प्रदेश सरकारको मन्त्रिमण्डलमा करिब सहमति भइसकेको छ । ३५ प्रतिशत र ६५ प्रतिशतमा भागबण्डा हुनेछ। प्रदेश सरकार गठनपछि केन्द्रिय सरकारको भागवण्डा गरिनेछ।

केन्द्रिय सरकार बनाउन पनि ६० र ४० को अनुपातमा जाने उनीहरुवीच सहमति भएको खुलासा भएको छ । स्रोतका अनुसार पहिला सरकार गठन गर्ने र त्यसपछिमात्रै पार्टी एकताको विषयमा प्रवेश गर्नेपनि ओली र प्रचण्डवीच गोप्य सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनीहरुवीच राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि भन्नेबारे समेत हालै छलफल भएको छ । यद्यपी एमालेभित्रै नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा आवाज उठिरहेको छ ।

सभामुखमा माओवादीले पाए पूर्व सभामुख ओनसरी घर्तीमगरलाई नै दोहोर्याउने सम्मको बहस चलेको छ । उपराष्ट्रपति पनि आफ्नो भागमा पाए माओवादीले हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने भएको छ ।

प्रदेशमा मन्त्री भागवण्डा कसरी ?
पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका ओली र प्रचण्डवीच प्रदेश सरकारमा मन्त्री कसलाई बनाउने भन्नेबारे केही दिनयता छलफल भैरहेको छ । माओवादीले मुख्यमन्त्रीको टुँगो लगाइसकेको छ । माओवादीको भागमा परेको प्रदेश नम्बर ६ र ७ मा उसले मुख्यमन्त्रीको नाम करिब–करिब टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पूर्वमन्त्री महेन्द्र बहादुर शाही र ७ नम्बर प्रदेशमा त्रिलोचन भट्ट बन्ने भएका छन् । माओवादीको कोटामा परेका सभामुखको पनि नाम प्रचण्डले करिब करिब टुँगो लगाएका छन् ।

यता एमालेले आफ्नो कोटामा परेका १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सहमतिमै टुँगो लगाउने भएको छ । प्रदेश नम्बर १ मा सचिव भीम आचार्य र पूर्वमन्त्री शेरधन राईवीच कडा प्रतिष्पर्धा भैरहेको छ । यी दुईमध्ये एक जना मुख्यमन्त्री बन्ने भएका छन् । ३ नम्बर प्रदेशमा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

४ नम्बर प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङवीच प्रतिष्पर्धा देखिएको छ । तर यो प्रदेशमा सहमतिमै आलोपालो चलाउन नेतृत्वले दबाब दिएको छ । ५ नम्बर प्रदेशमा सचिव शंकर पोखरेल नै मुख्यमन्त्री बन्ने पक्का छ ।

एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन्। भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन