ओली प्रधानमन्त्री बने पछी चीनले रेलमार्गको सम्झौता यस्तो दियो जवाफ,काठमाण्डु कहिले आउने भयो रेल?



चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ ।

‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि तयारी अन्तिम चरणमा पुर्‍याइसकेको भन्ने जानकारी आएको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्की टेलिफोनमा भने । चिनियाँ योजनाअनुसार २०२० सम्म सीमावर्ती तिब्बती सहर केरुङसम्म रेल आइपुग्नेछ । त्यसपछिको दुई वर्ष अर्थात् सन् २०२२ मा रेल्वे लिंक काठमाडौंसम्म जोड्न सकिने चिनियाँ विज्ञले बताउँदै आएका छन् ।

निर्माण सम्पन्न भएपछि नेपाल र चीनबीचको पहिलो अन्तर्राष्ट्रिय रेलमार्ग हुनेछ । निर्माणपूर्वका सम्पूर्ण तयारी (सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन) पूरा गरेको अर्थमा यसलाई लिनुपर्ने कार्कीले बताए । यसअघि २४ वैशाख ०७४ मा सिगात्से–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । त्यस्तै, ०७३ जेठमा चिनियाँ यातायात मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले चीन–नेपाल रेलमार्ग निर्माणलाई महत्वपूर्ण आयोजनाको स्वीकृत गरेको थियो । चीनको १३औँ पञ्चवर्षीय योजना (२०१६–२०२०) अवधिभित्रै निर्माण गर्ने निर्णय गरिसकेको छ ।

भौगोलिक अवस्थितिका कारण ढिलाइ हुन सक्ने
भौगोलिक अवस्थितिका कारण सिगात्से–केरुङ रेलमार्ग निर्माण अवधि बढ्ने अनुमान गरिएको छ । भौगोलिक कठिनाइका कारण तोकिएकै समयमा सम्पन्न हुन कठिन हुन सक्ने चिनियाँ पक्षले जानकारी दिएको महावाणिज्यदूत कार्कीले बताए । विशेषगरी रेलमार्गमा पर्ने लार्चे हिमाल ५ हजार २ सय मिटर उचाइमा रहेको छ । भौगोलिक कठिनाइका कारण समय लम्बिने भए पनि रेल्वे निर्माण सम्भव हुने चिनियाँ रेल अधिकारीले पहिले नै उल्लेख गरिसकेका छन् ।

यस्तो छ नेपालतर्फ तयारी
चालू आर्थिक वर्ष ०७४–७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैयाँले सम्भाव्यता अध्ययनको काम थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले बताए । उच्च हिमाली भूभाग र हिउँका कारण तत्काल अध्ययन गर्न गाह्रो भएकाले फागुन अन्तिम वा चैतदेखि काम अघि बढाउन सकिने महानिर्देशक आचार्यको भनाइ छ । विभागका अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न करिब सात करोड रुपैया“ आवश्यक पर्छ । सरकारको उच्च प्राथमिकतामा परेको आयोजना भएको कारण काम गर्दै जाने र अपुग बजेट माग गरेर अध्ययन पूरा गर्न सकिनेछ ।

नयाँ सरकार गठनसम्म पर्खने
फागुनसम्ममा नयाँ सरकार गठन भइसक्नेछ, त्यसपछि मात्र रेल विभागले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन कार्यलाई पछि अघि बढाइनेछ । त्यसरी पर्खिनुको कारण भने नयाँ सरकारले इच्छुक कम्पनीलाई सबै काम गर्ने गरी समझदारी गरेर जिम्मा दिने सम्भावना पनि रहेको विभागका अधिकारीको भनाइ छ ।

लगानीका लागि चिनियाँ कम्पनीहरूको चासो
केरुङ–काठमाडौं रेलमार्गको काम गर्न पाँचवटा कम्पनीले प्रस्ताव गरेको चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिएका छन् । चीनका सरकारी स्वामित्वका र निजी कम्पनी दुवैले रेलमार्ग निर्माणमा लगानीका लागि समेत तयार रहेको जानकारी दिएको उनले बताए । ‘चिनियाँ लगानीकर्ताले जग्गा र बाटो दिए रेलमार्ग बनाइदिन्छौँ भनेका छन्,’ उनले भने, ‘रेल्वेको साथसाथै औद्योगिक पार्क तथा सुक्खा बन्दरगाहसमेत बनाइदिने परियोजनाका साथ चिनियाँ कम्पनी आएका छन् । नेपाल रेगमार्ग बनाउन तयार भएको अवस्थामा रेलमार्ग निर्माणमा समस्या देखिँदैन ।

रेलमार्ग विकासमा चीनले खोजेको सहयोग
चिनियाँ पक्षले रेलमार्ग विकास गर्न नेपाली पक्षबाट प्राविधिक तथ्यांक उपलब्ध गराउनुपर्ने माग गरेको छ, जसमा जग्गा, वन, जनसंख्यालगायत सहयोग रहनेछन् । त्यस्तै, जग्गा प्राप्तिका लागि स्पष्ट कानुनको माग गर्ने गरेका छन् । पूर्वाधार आयोजना सञ्चालनको कानुन र वातावरणीय सुरक्षासम्बन्धी कानुन उपलब्ध गराउनुपर्नेमा उनीहरूको जोड छ । यीबाहेक आयोजना स्वीकृतिको प्रक्रियामा पनि नेपाली पक्षले सहयोग गर्नुपर्ने र यस्ता विषय स्पष्ट भएपछि आयोजना अघि बढाउन सकिने चिनियाँ पक्षको भनाइ छ ।

भौगोलिक संरचना चुनौती
गत कात्तिकमा नेपालमा रेलमार्ग विकासका लागि अध्ययन भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय टोलीले भौगोलिक बनावट ९संरचना०लाई ठूलो चुनौतीको मानेको थियो । विशेषगरी केरुङदेखि काठमाडौंसम्म रेलमार्ग विकास गर्ने सम्भावित स्थानका चट्टान कमजोर रहेको चिनियाँ टोलीको अध्ययनले देखाएको थियो । यसले रेलमार्ग निर्माण कठिन हुने र लागत उच्च हुनेछ । यस्तै, काठमाडौंबाट केरुङसम्मको उचाइ र गहिराइको कारण पनि रेल सञ्चालन जोखिमयुक्त हुने चुनौती छ । रेलमार्गमा जोडिने विद्युत्को संरचनालाई पनि उच्च हिमाली क्षेत्रमा आउने हिमपहिरोले भत्काउन सक्ने सम्भावनालाई पनि चिनियाँ टोलीले चुनौतीका रूपमा उल्लेख गरेको थियो ।

सिगात्सेदेखि केरुङसम्म रेलमार्ग बन्नु महत्वपूर्ण
वीरबहादुर बलायर
मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
चीनको आफ्नै भूभाग सिगात्सेदेखि केरुङसम्मको झन्डै ५५० किलोमिटरमा रेलमार्ग बन्नु र रेल सञ्चालनमा आउनु नेपालका लागि महत्वपूर्ण छ । किनकि केरुङबाट काठमाडौं रेल त्यो दिन मात्र सञ्चालन हुन सम्भव छ, जुन दिन चीनले सिगात्सेदेखि केरुङसम्म रेल सञ्चालनमा ल्याउँछ । केरुङदेखि काठमाडौंसम्मको दूरी अनुमानित सय किलोमिटर छ । केरुङसम्म चीनले रेल सञ्चालनमा ल्याएपछि काठमाडौं जोड्न धेरै सहज हुनेछ । मैले चिनियाँ उपप्रधानमन्त्री र यातायातमन्त्रीसँग पनि यस विषयमा विभिन्न समयमा भएको भेट र फोरममा विषय उठाएको छु । उच्च हिमाली भूभागले गर्दा बाह्रै महिना काम गर्ने गरी चीनले विकास गरेको प्रविधिको उपयोग गरेमा केरुङसम्म रेल आउनेछ । त्यसपछि त्यो प्रविधिलाई नेपाली भूभागमा पनि अवलम्बन गरेर काठमाडौं जोड्न सकिनेछ । पछिल्लोपटक नेपाल आएको चिनियाँ टोलीले रेल विकासमा साझेदारी वृद्धि गर्नेसम्बन्धी सहमति पनि गरेको छ । अझै पनि चिनियाँ राजदूतलाई बोलाएर यस विषयमा थप बुझ्ने काम गरिनेछ । धेरै चिनियाँ कम्पनीले प्रस्ताव पनि ल्याएका छन् ।

यस्तो छ नेपालतर्फ तयारी

चालू आर्थिक वर्ष ०७४(७५ मै नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ । चालू आवको बजेटमा विनियोजित पाँच करोड रुपैया“ले सम्भाव्यता अध्ययनको काम थालनी गर्ने तयारीमा रेल विभाग पुगेको महानिर्देशक अनन्त आचार्यले बताए । उच्च हिमाली भूभाग र हिउँका कारण तत्काल अध्ययन गर्न गाह्रो भएकाले फागुन अन्तिम वा चैतदेखि काम अघि बढाउन सकिने महानिर्देशक आचार्यको भनाइ छ । विभागका अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न करिब सात करोड रुपैया“ आवश्यक पर्छ । सरकारको उच्च प्राथमिकतामा परेको आयोजना भएको कारण काम गर्दै जाने र अपुग बजेट माग गरेर अध्ययन पूरा गर्न सकिनेछ ।

रेलको गति प्रतिघन्टा १६० किलोमिटरसम्म

(नेपाल–चीन जोड्ने रेलमार्गमा प्रतिघन्टा १२० देखि १६० किलोमिटर गतिमा रेल गुड्नेछ । दुई देश जोड्ने उक्त रेलमार्ग भौगोलिक रूपमा जटिल भएका कारण गति कम हुने चिनियाँ अधिकारीहरूको भनाइ छ । तर, तिब्बतको तुलनामा नेपालको भूभागमा प्रतिघन्टा १६० किलोमिटर गुड्न सक्ने अनुमान गरिएको छ ।

(तिब्बत डिस्कभरी डटकमका अनुसार सिगात्से–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन २४ वैशाख ०७४ मा सम्पन्न हो । सन् २०१६ को मे र अगस्टमा राष्ट्रिय रेल्वे प्रशासन र चाइना रेल्वे कर्पोरेसनले संयुक्त रूपमा अध्ययन टोली तयार गरी तिब्बती क्षेत्रमा स्थलगत पूर्ण सर्भेका लागि खटाएको थियो । सो अध्ययनले तत्काल दुवै देशको सहकार्यमा निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने सुझाब दिएको छ ।

२८० अर्बको लागत अनुमान
काठमाडौंदेखि केरुङसम्मको अनुमानित सय किलोमिटर लामो रेलमार्ग निर्माणका लागि २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणको गर्न गत कात्तिकमा नेपाल आएको चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीहरूले सो अनुमान गरेका हुन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वनलगायत क्षेत्रका दक्ष विज्ञसहित आएको चिनियाँ टोलीले सो प्रारम्भिक अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन