राष्ट्रियसभा निर्वाचन आज,कुन प्रदेशको निर्वाचन केन्द्र कहाँ ? कहिले आउला नतिजा ?



हाम्रो इकोनोमि

स्थायी सदन राष्ट्रियसभा सदस्यको निर्वाचन ६ वटा प्रदेशमा बुधबार हुँदैछ । प्रदेश २ बाट सबै निर्विरोध निर्वाचित भइसकेकाले १, ३, ४, ५, ६ र ७ प्रदेशमा शुक्रबार निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले बाँकी ३२ पदमा मात्र निर्वाचन हुने छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

कुन प्रदेशको निर्वाचन केन्द्र कहाँ ?

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।

कहिले आउला नतिजा ?

बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म निर्वाचन हुने र पाँच बजेदेखि नै गणना सुुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार २६ गतेभित्र सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य भए पनि त्यसअघि नै नतिजा निकाल्ने गरी काम तयारी गरिएको बताए ।

‘हाम्रो लक्ष्य २६ गते हो तर भोलिदेखि नै परिणाम आउन सुरु हुन्छ,’ ढकालले अनलाइनखबरसँग भने ।

राष्ट्रियसभा सदस्यको पदावधि गोला प्रथाबाट

प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुख मतदाता हुन् । उनीहरुले नै राष्ट्रियसभा सदस्य चुन्नेछन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी १ हजार ५०६ जना मतदाता छन् । प्रदेश सभाका ५ सय ५० सांसद छन् । स्थानीय तहको एक मतदाता बराबर १८ भोट र प्रदेश सांसदको एक भोट बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । तर संविधान लागू भएपछि पहिलोपटक हुन लागेको निर्वाचनबाट जित्ने सदस्यको पदावधि .गोलाप्रथाको माध्यमबाट कायम गरिने छ । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम गरिने छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचन प्रणाली र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...