सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति



हाम्रो इकोनोमि

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ ।

बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो ।

अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका हुन् ।

यसरी विभिन्न नौवटा कम्पनीको रु दुई अर्ब ८६ करोड बराबरको साधारण शेयर(आइपिओ), तीन कम्पनीको रु दुई अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ), चार कम्पनीको सामूहिक लगानी कोषको रु चार अर्ब ७० करोड रकम बराबरको इकाई निष्काशन र ३० कम्पनीको रु १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिइएको छ ।

बोर्डकाअनुसार ३० वटा संगठित संस्थाले रु सात अर्ब ८२ करोड रकम बराबरको बोनस शेयर दर्ता गराएका छन् । गत आवमा यस अवधिमा ५२ वटा कम्पनीले रु १० अर्ब ८९ करोड बरावरको बोनस शेयर दर्ता गराएका थिए ।

बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो बनाएको छ । तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र अनुमति दिने गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । बोर्डमा विभिन्न १५ संस्थाले आइपीओ निष्काशनको लागि आवेदन दिएकोमा पाँच कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा छन् ।

यस्तै दश कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यसैगरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेकोमा तीनवटा अनुमति प्राप्त हुने चरणमा पुगेको छ । आवेदन दिएका विभिन्न १५ कम्पनीको रु तीन अर्ब ९० करोड तथा १७ कम्पनीको रु ११ अर्ब ७६ करोड बराबरको हकप्रद शेयर निष्काशनको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...