१३ हजार कृषकलाई ३०० किलो मकैको बीउ वितरण



हाम्रो इकोनोमि

चालू आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ ।

मकै लगाउने याम शुरु हुनै लाग्दा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई मकैको बीउ वितरण गरेको हो । मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका व्यावसायिक कृषकलाई बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा अरुण–२ र मनकामना तीन जातको मकैको बीउ वितरण गरिएको हो । अहिले बजारमा अरुण–२ प्रतिकिलो रु ६४ र मनकामना–३ को रु ६२ पर्ने भए पनि कृषकलाई अरुण–२ रु ३२ र मनकामना–३ रु ३१ मा उपलब्ध गराइएको रेग्मीले बताउनुभयो ।

मकै जोन कार्यक्रम लागू भएको फलेवास नगरपालिका तथा अन्य सातवटै स्थानीय तहमा कृषकको मागअनुसार बीउ वितरण गरिएको छ । जिल्लामा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा ३२ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । फलेवास नगरपालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थान, लिमिठाना, भँगरा, ठानामौला, कार्किनेटा, शंकरपोखरी, कुर्घा र पाङ्राङ, कुश्मा नगरपालिकाको ठूलीपोखरी, खौलालाँकुरी र आर्थर, मोदी गाउँपालिकाको देउपुर, देउराली, चित्रे, तिलाहार र भुक तथा बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर, वहाकी र शालिग्राममा मकै पर्याप्त मात्रामा उत्पादन हुँदै आएको छ ।

जिल्लाबाट गत आवमा १५ टन मकैको बीउ बिक्री भएको थियो । फलेवासस्थित झकलक कृषि सहकारी संस्थामार्फत उक्त बीउ बिक्री गरिएको थियो । खानीगाउँ र देवीस्थानको १५ हेक्टरमा उत्पादन गरिएको मकैको बीउ ७५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालयमार्फत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...