राष्ट्रपतिले गरिन धुर्मुस सुन्तली फाउन्डेसनको एकीकृत बस्ती उद्घाटन



हाम्रो इकोनोमि

धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको एकीकृत नमूना सन्तपुर बस्तीु हस्तान्तरण गरेको छ।

मंगलबार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई बस्ती हस्तान्तरण गरेकी हुन्।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो।

उद्घाटन कायक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको छ।

सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो। २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो। करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...