हिन्दी भाषा बोलेको भन्दै जनकपुरमा मधेशी नेताको यसरी जलाइयो पुत्ला,राजपा र फोरमलाई लखेटिने



हाम्रो इकोनोमि

फोरम र राजपाका प्रदेश सांसदहरुले मातृभाषालाई तिरस्कार गरेको विरोधमा मंगलबार जनकपुरधामका स्थानीय युवाहरु राजपा र फोरमको पुत्ला दहन गरेका छन् । परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पञ्जियारको अध्यक्षता तथा रोशन यादवको अगुवाईमा माघ २१ गते आह्वान गरिएको प्रदेश नम्बर दुईको पहिलो प्रदेशसभा बैठकमा राजपा फोरमका प्रदेश सांसदहरुले संसद भवनमा आ–आफ्नो मातृभाषामा सम्बोधन नगरि हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा स्थानीय जानकी चोकमा पुत्ला दहन गरिएको हो ।

पुत्ला दहनका क्रममा युवाहरुले मातृभाषाको प्रयोग र अन्तराष्ट्रिय भाषाको सम्मान गर भन्दै नाराबाजी समेत गरेका छन् । पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावको स्थिति समेत सृजना भएको थियो । मातृभाषालाई पाखा लगाउँदै संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता मो. लालबाबु राउत र राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा प्रदेश दुईका सांसद जितेन्द्रप्रसाद सोनलले विदेशी भाषालाई प्राथमिकता दिएकाले आफुहरु आफ्नो भाषा संरक्षणका लागि विरोध गर्नुपरेको अभियानका संयोजक सुशिल कर्णको भनाई छ । उनले प्रदेश दुईमा मैथिली, भोजपुरीलगायतका भाषालाई प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...