हिन्दी भाषा बोलेको भन्दै जनकपुरमा मधेशी नेताको यसरी जलाइयो पुत्ला,राजपा र फोरमलाई लखेटिने



हाम्रो इकोनोमि

फोरम र राजपाका प्रदेश सांसदहरुले मातृभाषालाई तिरस्कार गरेको विरोधमा मंगलबार जनकपुरधामका स्थानीय युवाहरु राजपा र फोरमको पुत्ला दहन गरेका छन् । परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पञ्जियारको अध्यक्षता तथा रोशन यादवको अगुवाईमा माघ २१ गते आह्वान गरिएको प्रदेश नम्बर दुईको पहिलो प्रदेशसभा बैठकमा राजपा फोरमका प्रदेश सांसदहरुले संसद भवनमा आ–आफ्नो मातृभाषामा सम्बोधन नगरि हिन्दी भाषालाई प्राथमिकता दिएको विरोधमा स्थानीय जानकी चोकमा पुत्ला दहन गरिएको हो ।

पुत्ला दहनका क्रममा युवाहरुले मातृभाषाको प्रयोग र अन्तराष्ट्रिय भाषाको सम्मान गर भन्दै नाराबाजी समेत गरेका छन् । पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहीबेर तनावको स्थिति समेत सृजना भएको थियो । मातृभाषालाई पाखा लगाउँदै संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता मो. लालबाबु राउत र राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा प्रदेश दुईका सांसद जितेन्द्रप्रसाद सोनलले विदेशी भाषालाई प्राथमिकता दिएकाले आफुहरु आफ्नो भाषा संरक्षणका लागि विरोध गर्नुपरेको अभियानका संयोजक सुशिल कर्णको भनाई छ । उनले प्रदेश दुईमा मैथिली, भोजपुरीलगायतका भाषालाई प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...