यी हुन् अमेरिका पठाउने भन्दै १४ युवतीलाई ठग्ने पण्डित,२६ लाख असुल्दै अमेरिका पठाउने यस्तो थियो धन्धा



काठमाडौं जोरपाटीको एउटा घर। पुसको एक दिन। सुलभ पण्डित आफ्नो नयाँ कारमा अर्काे एक साथीसँग शैली (नाम परिवर्तन) को घरमा पुग्छन्।
उनकाे साथमा खैरो केश र चम्किलो अनुहार भएकी एक विदेशी महिला पनि साथै हुन्छिन्। सुलभले चिनजान गराउँछन्, ‘उहाँ नेपालस्थित अमेरिकी दुतावासको थर्ड सेक्रेटरी।’ महिलाले अाफ्नाे नाम हेलेन बताउँछिन्।

अमेरिका जाने सपना बुनेर बसेकी शैलीलाई ती महिलासँगको भेट नै अमेरिका पुगेभन्दा कम लाग्दैन। हेलेनसँग अंग्रेजीमा कुराकानी गर्ने सुलभले शैलीसँग भने नेपालीमा गफ गर्छन्। केही समयको बसाइपछि उनीहरुबीच दुई बुँदे सहमति बन्छ। पहिलो, अमेरिकाको भिषा सहजै लगाउने, दोस्रो त्यसबापत २६ लाख रुपैयाँ शैलीले बुझाउनु पर्ने।

अमेरिकाको सपना पालेर बसेकी शैली दूतावासकै सेक्रेटरीको उपस्थितिमा भएको सहमतिपछि दंग पर्छिन्। उनी पैसा जुटाउने प्रयत्नमा लाग्छिन्। एक सातापछि भेटेर पूरै २६ लाख रुपैयाँ उनले सुलभलाई दिन्छिन्। र भिषा अावेदनका लागि साेधीखाेजी गर्छिन्। सुलभले भिषा अावेदनकाे प्रक्रिया सिकाउँछन्।

सौहार्दपूर्ण सहमति बनेर छुटिएका सुलभ भिषा आवेदन गर्ने बेलामा सम्पर्कबिहीन हुन्छन्। फोन उठ्न छोड्छ। एक दिन, दुई दिन गर्दै हप्ता बित्छ। विस्तारै फोन नै अफ हुन्छ। त्यसपछि उनी चिन्तित हुन्छिन्। आफू ठगिएको निष्कर्ष निकाल्दै शैली प्रहरीको शरणमा पुग्छिन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले तीनवटा फरक नामले ठगीमा संलग्न २९ वर्षीय युवा सुलभ पण्डित क्षेत्रीलाई आइतबार काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पण्डित तिनै ठग हुन् जसले अमेरिकी दूतावासकी तृतीय सचिव साथी हुन् भिषा सजिलै लाग्छ भन्दै एक जनाबाट ३० लाख रूपैयाँसम्म उठाएर ठगी गरेका थिए। केहीलाइ उनले अाफू अमेरिकी सेनाकाे मान्छे हुँ भन्दै ठगी गरेकाे पनि प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

विलाशी जीवनशैली देखाउने, मोबाइल उपहार दिने र अमेरिकी दूतावासकी तृतीय सचिव आफ्नो साथी भएको देखाएर ठगी गर्ने। पेशवर ठग सुलभ पण्डित पक्राउ गरे पनि उनलाई सहयोग गर्ने ती विदेशी महिला को हुन् भनेर यतिबेला सिआईबी टोलीले खोजी तीब्र पारेको छ। हुलिया र अन्य विवरण संकलन गरिरहेको सिआईबीले काठमाडौंस्थित अमेरिकी दूतावाससँग समेत सम्पर्कमा रहेर काम गरिरहेको जनाएको छ।

ब्युरोमा सोमबारसम्म १४ जना पीडितको निवेदन परेकाे छ। उनीले ठगी गरेकाे रकम कराेड बढी रहेकाे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीकाे भनाइ छ।

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार सुलभको जालमा पर्ने अधिकांश महिला छन्। उनले ब्युरोमा निवेदन दिएका सबै महिलालाई फरक नाम र पेशामा संलग्न रहेको परिचय दिएर जालोमा पारेका थिए।
‘अमेरिकी सेना बनेर अमेरिका पठाउने र भारतीय सेनाको अधिकृत बनेर भर्ती गरिदिने भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसपी श्रेष्ठले भने, ‘अनुसन्धान जारी रहेकाले अहिले निष्कर्षमा पुगिहाल्न सकिँदैन।’

चार करोडको ठगी मुद्दा विचाराधीन
सुलभसँग तीन वटा नागरिकता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीसँग भएका मध्ये दुई थान जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी भएका नागरिकता छन्। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुलभले त्यहाँबाट सुलभ पण्डित क्षेत्री र कास्कीबाट मनिष बस्नेत र नरेन्द्रबहादुर पण्डित क्षेत्रीका नाममा नागरिकता लिएका छन्।

ब्युरोले तीनवटै नागरिकताका बिषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक र कास्की प्रहरीसँग समन्वय थालेको छ। पण्डितविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले मनिष पण्डितका नाममा दायर गरेको चार करोड ९५ लाख ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। अघिल्लो पटक उनी पक्राउ नपरी मुद्दा अदालतमा लगिएको नेपाल खबरले उल्लेख गरेको छ ।

एउटा ठगीका लागि एक सिम
ब्युरोको अनुसन्धानमा सुलभले एकजना ठगी गर्न एउटा नयाँ सीम र नयाँ मोबाइल प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। एक जनालाई ठगी गरिसकेपछि उनले त्यो सिम फ्याँक्ने र नयाँ सिम बोक्ने गर्दै आएका थिए। प्रहरीले मोबाइल नम्बर र मोबाइलको आईएमआई नम्बरबाट खोजी गर्ने बिषयका जानकार रहेका उनलाई भेट्टाउन ब्युरोले समेत एक महिना निरन्तर प्रयास गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका