एशियन लाइफको ४० लाख २७ हजार कित्ता सेयर फागुन १३ बाट बिक्रीमा आउने



हाम्रो इकोनोमि

एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले माघ ७ सम्म कायम शेयरधनीहरुका लागि २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ४० लाख २७ हजार ९६६ कित्ता शेयर हकप्रदमार्फत बिक्री गर्न लागेको हो।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । उक्त हकप्रदमा आगामी फागुन १३ गतेदेखि चैत्र १८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...