जनयुद्ध दिवस मनाउन वाइसीएलले ओलीलाई प्रमुख अतिथी बनाउने,एकताको छड्के जाँचमा यसरी पर्दैछन् ओली



माओवादी केन्द्रसम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) ले २३ औं जनयुद्ध दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई निम्तो दिने भएको छ। पेरिशडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा मनाइने जनयुद्ध दिवसका लागि वाइसीएलले एकता प्रक्रियामा रहेका दुबै पार्टीका अध्यक्षलाई निम्तो दिने भएको हो।

‘अघिल्लो हप्ता बसेको वाइसीएलको बैठकले २३ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय गरेको थियो, त्यसमा हामीले अध्यक्षद्वय प्रचण्ड र ओलीलाई निम्त्याउने निर्णय गरेका छौं’ अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले भने, ‘घप्रचण्डले स्वीकृति दिइसक्नु भएको छ, ओलीलाई पनि उहाँको सचिवालयमार्फत् निम्तो दिएका छौं।’

‘महान् जनयुद्धको २३ औं बार्षिकोत्सव भब्य रुपमा मनाऔं, युवा नेतृत्वको विकास सहित वाम गठबन्धनलाई एकतामा बदलौं’ भन्ने मुलनाराका ७ वटै प्रदेशका १० सहरमा मनाउन लागिएको जनयुद्ध दिवसमा अन्तर्गत १ फागुनमा पेरिशडाँडामा चियापान र सांस्कृतिक कार्यक्रम राखिएको छ। त्यही कार्यक्रमका लागि ओली र प्रचण्डलाई सँगै निम्त्याइएको हो।

एकता प्रक्रियामा रहेका एमाले माओवादी केन्द्रबीच पार्टीको मूल नेतृत्व बाँडफाँट, एमालेको जनताको जनताको बहुदलीय जनवाद, माओवादी केन्द्रले मान्दै आएको माओवाद, १ फागुन २०५२ देखि सुरु भएको माओवादी जनयुद्ध लगायतका विषयमा कुरा मिलेको छैन। एमाले पंक्ति, खासगरी अध्यक्ष ओली र उनी निकटस्थहरुको माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा अझै सकरात्मक छैनन्।

शक्ति राजनीतिमा माओवादीको उदयपनि माओवाद र जनयुद्धका साथ नै भएको हो, त्यसैले माओवादी केन्द्रपनि माओवाद र जनयुद्धलाई छाड्ने मुडमा छैन। एमालेसँगको एकतासँगै जनययुद्धको अवमूल्यन हुने हो कि भन्ने कुराले माओवादी पंक्ति चिन्तित देखिन्छ। वाइसीएलले पेरिसडाँडामा नै जनयुद्ध दिवस मनाउन खोज्नुको कारण एकतापछि पनि जनयुद्धको अवमूल्यन नहोस् भनेर नै हो।

जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एमाले अध्यक्ष ओली अझै सकरात्मक नरहेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने समय एमालेले लिएका नीतिहरुको भने प्रशंसा गर्न थालिसकेका छन्। माओवादी जनयुद्धका कारण एमाले संसदीय राजनीतिमा अझ दरोसँग स्थापित भएको र एमालेका कारण माओवादीलाई पनि शान्ति प्रक्रिया र खुला राजनीतिमा आउन सहज भएको अभिव्यक्ति प्रचण्डले सार्वजनिक रुपमा दिइसकेका छन्।

जनयुद्ध दिवसका लागि वाइसीएलले दिएको निम्तो मान्दै माओवादी अध्यक्ष प्रचण्डसँगै जनयुद्ध दिवस मनाउन पेरिसडाँडा पुगे भने जनयुद्धप्रति ओलीपनि जनयुद्धको सकरात्मक मूल्यांकनको निर्णयमा पुगेको निष्कर्षमा माओवादी केन्द्रका नेता कार्यकर्ता पुग्नेछन्, जसले एमाले माओवादी केन्द्रको एकतालाई सहज बनाउनेछ। यदि गएनन् भने जनयुद्धप्रति ओली अझै नकरात्मक रहेको निकर्ष माओवादी पक्षले निकाल्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु

    लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको