देउवाको नयाँ प्रस्ताव आरजु, रामचन्द्र र विमलेन्द्रलाई राष्ट्रियसभामा मनोनित गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीनजना सदस्यका बारेमा पार्टीभित्र छलफल चलाएका छन् । देउवाले महिला कोटामा पत्नी आरजु राणासहित रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई सभामा मनोनित गर्ने अनौपचारिक प्रस्ताव गरेको बताइएको छ ।

यसअघि देउवाले माओवादी र एमालेलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने प्रयास गरेका हुन् ।
देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।

पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईको छ ।

संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । कूल ५९ सदस्यीय सभामा ५६ जना भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित भएर आउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...