प्रधानमन्त्री देउवाले राजीनामा दिने संकेत, किन बोलाए नरेनद्र मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई भारत



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भएका छन् । आगामी बुधबार हुने राष्ट्रियसभाको चुनाव सकिए लगतै  सोही दिन साँझ देउवाले राजीनामा दिने तयारी गरेका हुन् । राष्ट्रपतिबाट राष्ट्रियसभाको सदस्यमा मनोनित हुने तीन जनाको नाम पनि सिफारिस गर्दै राजीनामा दिने देउवा निकट स्रोतले बतायो ।

यसअघि, देउवाले सत्ता छोड्न नचाहेको आरोप बाम गठबन्धनले आरोप लगाउदै आएको थियो । देउवाले राजीनामा दिएपछि ती सबै आरोपहरु झुठा रहेको साबित हुनेछ र नयाँ सरकार बनाउन बाटो खुल्ला हुनेछ ।

यसैबिच

पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा निस्किएका छन् । शाह दुई साताव्यापी भारत भ्रमणमा सोमबार एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गरेका हुन् ।  यसपटक पनि उनको भारत भ्रमणलाई धार्मिक यात्रा भनिएको छ ।

भारत प्रस्थान अघि उनले पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउन र हिन्दुत्व जोगाउन भारत जान लागेको बताएका छन्। ‘म देश बचाउन र हिन्दूत्व जोगाउन भारत जाँदै छु,’ उनले भनेका छन् ।

 

भारतीय सत्तारुढ पार्टी भाजपासँग आबद्ध साधुसन्तहरूले एक साताअघि नेपाल आएरै पूर्वराजा शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै चाहनाअनुसार पूर्वराजा शाह दिल्ली जान लागेको स्रोतले जनाएको छ ।

गत बिहीबार नेपाल आएर शुक्रबार स्वदेश फर्केकी भारतकी विदेशमन्त्री सुषमा स्वराजले भने पूर्वराजा शाहसँग भेटघाट गरिनन् ।  गत महिना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका पूर्वराजाले त्यही बेला भारत भ्रमणको समय निर्धारण गर्न लगाएको बुझिएको छ ।

यसपटकको भारत भ्रमणमा पूर्वराजालाई अलि बढी महत्व दिइएको बताइएको छ । स्रोतका अनुसार पूर्वराजाले नरेन्द्र मोदीका प्रतिनिधिलाई दिल्लीमा भेट्ने छन् ।

उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्‍चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ अौँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिका रुपमा पूर्वराजा शाहलाई आमन्त्रण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...