विसं २०७५ का लागि १३ पात्रो स्वीकृत



हाम्रो इकोनोमि

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो ९पञ्चाङ्ग० लाई प्रकाशनको स्वीकृति दिएको छ ।

समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ ।

यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले सुनाउनुभयो ।

पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेश गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको समितिलाई कानूनी आधार दिने सम्बन्धमा छलफल भइरहेको बताउनुहुन्छ ।

मन्त्रिपरिषद्ले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको नौ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन् ।

तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ ।

समितिले स्वीकृति दिएसँगै पञ्चाङ्ग प्रकाशनको क्रम पनि शुरु भएको छ । फागुन पहिलो सातासम्म १३ वटै पञ्चाङ्ग निस्किसक्नेछन् । विवाह, व्रतबन्ध, शिलान्यासलगायत साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...