प्रदेश नं ७ प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन



हाम्रो इकोनोमि

प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ ।

आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन हुन लागेको छ ।

प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने छ ।

यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिक प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले राससलाई जानकारी दिनुभयो ।

सभामुखका लागि नेकपा ९एमाले०की समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा ९माओवादी केन्द्र०को भागमा र सभामुख एमालेको भागमा परेको जनाइएको छ । डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ ।

त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...