राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, प्रचण्ड सहमत ,एमालेमा बिबाद



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर पार्टी एकता गर्न सुझाब दिएकी छिन् ।

आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको छ ।
दुवै अध्यक्षलाई एकसाथ लञ्च मिटिङमा बोलाएर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी छिन् ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले र माओवादीबिच भागबण्डाको विषय बनिरहँदा भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी हुन् ।

भण्डारीको आग्रहप्रति प्रचण्डले पनि ग्रिन सिग्नल दिएको बताइएको छ । ओली त पहिलेदेखि नै भण्डारीकै पक्षमा थिए । भण्डारीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहो¥याउन आग्रह गरेकी छिन् ।

तर भण्डारीलाई दोहोरिन दिने विषयमा एमालेभित्रै एकमत छैन ।
पूर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । कतिपयले खनाललाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...