राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु,के गर्न हुन्छ के गर्न हुदैन



हाम्रो इकोनोमि

माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनकाे मौन अवधि सुरु भएको छ । अाइतबार राति १२ बजेबाट माैन अवधि सुरू भएकाे हाे ।

निर्वाचन आयोगले अाइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने जनाएको छ ।

 

माैन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमकाे प्रयाेग गरेर  मत अाकर्षित गर्न पाउने छैनन् ।

आयोगले सञ्चार माध्यमलाई समेत समाचार सम्प्रेषणमा सचेत हुन अनुरोध गरेको छ । आयोगका अनुसार, निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सञ्चार माध्यमले समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउँदैन ।

प्रत्यक्षतर्फ ५६ सदस्यका लागि उम्मेदवार मनोनयन भए पनि २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ जनाले प्रतिष्पर्धा गर्दैछन् । ५९ सदस्यीय रहने राष्ट्रियसभाका ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...