नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री



बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।

नगरपालिकाको कृषि शाखाको आव २०७४/७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताउनुभयो ।

कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उहाँले भन्नुभयो, “कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।” कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गर्नुभयो ।

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्