नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री



हाम्रो इकोनोमि

बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।

नगरपालिकाको कृषि शाखाको आव २०७४/७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताउनुभयो ।

कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उहाँले भन्नुभयो, “कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।” कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गर्नुभयो ।

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...