तीन एचआइभी एड्स संक्रमित फेला



हाम्रो इकोनोमि

यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।

रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ ।

यी थप तीनसहित हाल जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमा २६ महिला, २४ पुरुष र तीन बालिका छन् । चौध जनाको भने यसअघि मृत्यु भइसकेको विकले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा नौदेखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष एचआइभी एड्स संक्रमित भएर संक्रमणसँग लडिरहेको अवस्था छ । जिल्लामा भएका सबैजसो एड्स संक्रमित श्रीमान्कै कारण संक्रमित बनेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...