प्रदेश नं २ को प्रदेशसभा अन्तरिम कार्यविधि पारित



हाम्रो इकोनोमि

प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ ।

शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा अपराह्न १२ः५ बजे शुरू भएको बैठक १ः३० बजे सकिएको हो । कार्यविधिबमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य सन्तमाया मोक्तान, अनिता देवी, नवलकिशोर, शिवचन्द्र चौधरी र मोहम्मद शविमलाई मनोनयन गरिएको छ ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले कार्यव्यवस्था समितिमा ज्ञानेन्द्र यादव, योगेन्द्र राय, मनीष सुमन, शत्रुधन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, शोभा लामा, सावित्री देवी, अब्दुल कलाम, रामकुमार साह र ज्वाला साहलाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि आगामी फागुन २ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका यही माघ २९ गते सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २९ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...