नयाँ सरकार गठनपछि पार्टी एकता – ज्ञवाली



हाम्रो इकोनोमि

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गर्नुभयो ।

“संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ”– उहाँले भन्नुभयो ।

नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताउनुभयो । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उहाँको भनाइ थियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।”

सीमा क्षेत्रमा रहेको विवाद सल्टाएर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...