दरबारमार्गको बलात्कार काण्डमा पीडक र पिडित युवतीका आमा-बाबुको रोहबरमा यसरी मिलापत्र भएको तथ्य खुल्यो



हाम्रो इकोनोमि

दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा माघ ७ गते राति भएको भनिएको ‘सामूहिक बलात्कार’ प्रकरणमा पीडित युवती र उनकै केटासाथी शैलेस कार्कीबीच भएको सहमती कागज फेला परेको छ ।

प्रहरीको रोहबर कतै नभेटिने उक्त सहमती कागजका युवतीका बावुआमा दुवैले हस्ताक्षर गरेका छन् । कागजको अन्त्यमा ‘यस कार्यालयमा’ भन्ने शब्द उल्लेख गरिए पनि कुन कार्यालय भन्ने खुलेको छैन ।
युवतीको केटा साथी भनिएका रामेछाप स्थायी घर भएका शैलेश कार्कीलाई उनकी आमा लक्ष्मीले जिम्मा लिएर गएको उक्त काजगबाट खुलेको छ । साथै पीडित युवतीका बावुआमा दुवैले कागजमा हस्ताक्षर गरेका छन् ।
कागजमा भनिएको छ, ‘६ महिना अगाडिदेखि रामेछापका शैलेश कार्की र म बीचमा चिनजान भई, हामीहरू बेलाबखत भेटघाट हुने, घुम्न जाने, सँगै बस्ने, खाने गर्ने गथ्र्यौं । हामीहरू विवाह गर्नेसमेत सरसल्लाह भइसकेको कारणले मलाई गते यकिन थाहा भएन । आजभन्दा अन्दाजी २ महिना अगाडि काठमाडौँ चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात हामीसँगै बसेकोमा निज र मेरो सल्लाह अनुसार नै हामीहरू बीच शारीरिक सम्पर्क समेत भएकोमा यस्तैमा मिति २०७४ माघ ७ गते रातिको समयमा काठमाडौँ–१ स्थित कमलादीमा रहेको होटल ल्यान्डमार्क एन्ड अपार्टमेन्टको कोठा नम्बर ४०५ बुक गरी हामीहरू दुवै जनासँगै बसेकामा हामीहरूले वाइन रक्सीसमेत सेवन गरेकामा उक्त दिनमा पनि हामीहरू दुवै जनाको सल्लाहमा एक पटक शारीरिक सम्पर्क भएकोमा पछि निज साथी शैलेस कार्कीसँग नसाको सुरमा वादविवाद भएको र निजले मलाई होटलमा नै छोडी गएको कारण मैले रिसको आवेगमा सोको भोलिपल्ट माघ ८ गते कमलपोखरी प्रहरी कार्यालयमा गई शैलेस कार्कीसमेत निजको साथीहरूले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ । तर कुनै लिखित निवेदन जाहेरी दरखास्त पेश गरेको छैन । रिसको आवेगमा मलाई होटलमा जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो । मलाई काहीँ कसैले पछि अनुचित यौनसम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता कुनै अनैतिक कार्यहरू गरेको छैन । अब आइन्दा यसै विषयलाई लिएर कहीँ कतै उजुरबाजुर गर्ने छैन । गरे गराएमा कानुन बमोजिम सजाय भोग्न तयार छु भनी या कागज लेखी लेखाई सहीछाप गरिदियौँ । साथै अनुसन्धानको सिलसिलामा यस कार्यालयमा ल्याइएको शैलेस कार्कीलाई निजकै आमा लक्ष्मी कार्कीले सकुसल जिम्मा बुझी लिई सहीछाप गरिदियौँ ।’

आर्थिक लेनदेनमा सामूहिक बलात्कार जस्तो घटना गुपचुप मिलाएको भन्दै नेपाल प्रहरीले दुईवटा छुट्टाछुट्टै समिति बनाएर छानविन गरिरहेको छ । मिलापत्र कागज गराउने कार्यमा संलग्न महानगरीय प्रहरी वृत्त दरबार मार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ ।

त्यस्तै मुद्दा शाखाका सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् भने दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा हाजिर गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...