पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।

खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद (साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ ।

पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो ।

परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...