पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने



हाम्रो इकोनोमि

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।

खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद (साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ ।

पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो ।

परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...