प्रचण्डलाई सिध्याउन योजना बनेकै स्थलमा एमाले-माओबादीको संयुक्त कार्यक्रम



राष्ट्रिय सभा निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा संयुक्त प्रशिक्षण गरेका छन्।

२४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने तरिका सिकाउन प्रदेश–३ को संयुक्त प्रशिक्षण गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा वामगठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्ने तरिका सिकाउन संयुक्त प्रशिक्षण गरिएको हो।

प्रशिक्षणमा दुबै पार्टीका प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागी छन्।

उनीहरुलाई माओवादी नेता रामबहादुर थापा ‘बादल’, एमालेकी अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र काशीनाथ अधिकारीले प्रशिक्षण दिएका छन्।
प्रशिक्षणस्थल सिद्धार्थ कटेज त्यही ठाउँ हो, जहाँ ०६८ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध माओवादी शीर्ष नेताहरुको भेला भएको थियो।

प्रचण्डलाई अध्यक्षबाट पदच्युत गर्न मोहन बैद्य ‘किरण’ को अगुवाईमा भएको भेलामा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लगायत सहभागी थिए।
त्यही भेलामा माओवादीको इतिहासमा पहिलो पटक केन्द्रीय समितिमा प्रचण्ड विरुद्ध बहुमत जुटाइएको थियो।
तर केही नेताहरु पछि हटेपछि प्रचण्डलाई पार्टी अध्यक्षबाट अपदस्थ गर्ने बैद्य लगायतका नेताहरुको योजना असफल भएको थियो।
विहानको खाना कटेजमा नै खाने गरी एमाले–माओवादी केन्द्रले प्रशिक्षण कार्यक्रम आयोजना गरेका हुन्।

यता पोखरामा रिहर्सलमा बैठकको अध्यक्षता कसरी गर्ने, मर्यादा पालकहरुले कसरी प्रदेश सभाका सदस्यहरुलाई संबोधन गर्ने, प्रदेश सभाका सदस्यहरु आआफ्नो स्थानमा कसरी बस्ने लगायतका पूर्व अभ्यास गरिँदैछ।

२२ माघ (सोमबार) का लागि डाकिएको प्रदेश–४ को प्रदेश सभाको बैठकका लागि भोलि रिहर्सल हुने भएको छ।

रिहर्सलमा बैठकको अध्यक्षता कसरी गर्ने, मर्यादा पालकहरुले कसरी प्रदेश सभाका सदस्यहरुलाई संबोधन गर्ने, प्रदेश सभाका सदस्यहरु आआफ्नो स्थानमा कसरी बस्ने लगायतका पूर्व अभ्यास गरिँदैछ।

पोखराको नदीपृरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा तय गरिएको प्रदेश सभा बैठक कक्षमा प्रदेश सभाको बैठक पूर्व यस्तो रिहर्सल आयोजना गरिएको हो।

प्रदेश सभाको पहिलो बैठक कसरी सञ्चालन गर्ने भन्ने बारेमा दलहरुले शनिबार तयारी बैठक गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितिबारे निर्णय गरेको छ ।

आजको सर्बदलीय बैठकले तय गरे अनुसार प्रदेश–४ को सोमबार हुने पहिलो औपचाकि बैठक सवा घण्टा चल्नेछ।

बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि– २०७४ पारित गर्ने निर्णय समेत गरेको प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उनका अनुसार बैठकमा ३ ठूला दलका ३-३ जना र साना २ दलबाट १-१ जना गरी ११ जनाले बोल्नेछन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्