जागिरको अवसर : नेपाली सेनाले एकैपटक माग्यो १७ सय जनशक्ति



हाम्रो इकोनोमि

नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्ति माग गरेको छ। सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ।

सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ। जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ। यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ।

आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्। माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...