महिला मुख्य मन्त्री बन्नै पर्छ भन्ने कहाँ छ? मै हो तीन नम्बर प्रदेशको मुख्यमन्त्री:राजेन्द्र पाण्डे



प्रदेश नम्बर तीनको मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता राजेन्द्र पाण्डेले आफू उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै धादिङबाट प्रदेशसभामा निर्वाचित पाण्डेले आफूलाई अत्याधिक बहुमतले संसदीय दलको नेतामा विजयी गराउने दाबी गरे ।

प्रदेश नम्बर तीनमा एमालेबाट ५८ जना प्रदेश सासंद भएको उल्लेख गर्दै पाण्डेले आफ्नो पक्षमा तीसभन्दा बढि सासंद उभिएको बताए । “अत्याधिक बहुमतले मलाई समर्थन गर्ने मैले बुझेको छु ।” पाण्डेले भने ।

पछिल्लो समय मुख्यमन्त्री बन्नका लागि पार्टी अध्यक्ष केपी ओली गुटमा जानुभएको हो भन्ने धमलाको प्रश्नमा पाण्डेले आफू पार्टीको अध्यक्ष जो हुन्छ उसैको निर्देशनमा चल्ने गरेको बताए ।

मुख्यमन्त्रीको लागि अध्यक्ष ओलीले पनि सहयोग गर्ने पाण्डेको दाबी छ । “मलाई ओली कमरेडले प्रदेश नम्बर तीनको मुख्यमन्त्रीको रुपमा मलाई उहाँले सहयोग गर्नुहुनेछ । उहाँको सहयोग र निर्देशनमा म मुख्यमन्त्री बन्छु ।” पाण्डेले भने ।

एमालेभित्रैबाट अर्की प्रमुख दाबेदार मानिएकी अष्टलक्ष्मी शाक्य पनि लामो समयदेखि पार्टीमा सक्रिय भएको भन्दै पाण्डेले मुख्यमन्त्रीका लागि दाबि गर्नु स्वभाविक भएको बताए ।

तर महिला भएकै भरमा दाबी गर्नुभन्दा पनि मुख्यमन्त्री बन्नका लागि क्षमता पनि चाहिने पाण्डेको तर्क छ । “महिला भएर मुख्यमन्त्री बन्ने होइन, मुख्यमन्त्रीको योग्य भएर मुख्यमन्त्री बन्ने हो । प्रदेश संचालनका लागि योग्यता, क्षमता राखेर मुख्यमन्त्री बन्ने हो ।” पाण्डेले भने ।

पाण्डेले एमालेले सरकार बनाउन लागेको प्रदेश एक, तीन, चार र पाँच गरी चारवटै सरकारको मुख्यमन्त्री पुरुष नै हुने स्पष्ट पारेका छन् । मुख्यमन्त्रीका लागि महिला हुनै पर्ने व्यवस्था संविधानमा नभएको र अहिले प्रदेश सरकार चलाउनका लागि योग्य महिला दाबेदार नदेखिएकाले कुनै पनि प्रदेशमा मुख्यमन्त्री महिला हुने सम्भावना नभएको पाण्डेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो