चरेश तस्करी गर्ने विप्लबका कार्यकर्ता र प्रहरीबीच यसरी भयो ‘इन्काउन्टर’



हाम्रो इकोनोमि

चरेश तस्करहरुलाई पछ्याउदै गएको प्रहरी र लुटेरा समूहबीच धादिङमा ‘इन्काउन्टर’ भएको छ। प्रहरीलाई आक्रमण गर्दै भाग्न खोज्ने ४ जना लुटेरा र १ जना चरेश तस्कर पक्राउ परेका छन्। केही भागेका छन्।

शनिबार बेलुका ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक संजय तिमल्सिना नेतृत्वमा खटिएको प्रहरी टोलीसँग चरेश लुटेराहरुको बाटोमा इन्काउन्टर भएको हो। सुरुमा उनीहरुले प्रहरीलाई नै आक्रमण गर्न खोजेको थिए। प्रहरीलाई आक्रमण गरेर भाग्न खोज्ने दुई जनालाई तत्काल प्रहरीले पक्राउ गरेको थप २ जनालाई पछि पक्राउ गरेको हो।
पृथ्वी राजमार्गको जरेखेत र पोखरेखोला बिचको जंगलमा एम्बुसीङ राखेर लुटेरा समूहले चरेश तस्करहरुसँग पैसा उठाउन बसिहरेका थिए। ठुलो मात्रामा चरेश तस्करी हुन लागेको सूचनाका आधारमा पक्राउका लागि प्रहरी टोली त्यहाँ पुग्दा हातमा उनीहरुसँग इन्काउन्टर भएको हो।

जसक्रममा प्रहरीले धादिङ गल्छीका श्याम बहादुर तामाङ र बिनोद तामाङलाई तत्काल नियन्त्रणमा लिएको थियो। बाटोमा बसेका अन्य व्यक्तिहरु भागेका थएि।
थप अनुसन्धानको क्रममा बिहान साढे २ बजे चरेश तस्कर र सोही लुटेरा समूहका थप व्यक्तिहरु पक्राउ परेका हुन्।

उता प्रहरीले राजमार्गको पोखरेखोला छेउमा ना. ३ ख ४३२४ नं.को ट्रकमा केही सामान राख्दै गरेको सुचना पाएको थियो । सोही सूचनाका आधारमा गजुरीस्थित चेक पोईन्टमा सो ट्रकलाई खानतलासी गर्दा गियर बक्स तथा ड्राईभर बस्ने सिट भन्दा ठीक माथी फल्स बटन बनाई लुकाई राखेको १६९ किलो ९ ग्राम चरेश भेटिएको थियो। चरेससहित प्रहरीले ट्रक चालक हेटौंडाका रामकृष्ण श्रेष्ठलाई पक्राउ परे।

लुटेराको समूहले पनि सोही ट्रकलाई मोटरसाइकलमा पछ्याइरहेका थिए। ट्रक चालकलाई धम्काएर पैसा लिने नत्र चरेश नै लुट्ने उनीहरुको योजना थियो। ट्रकलाई बा ३३ प ७०२५ नं.को मोटर साईकल, बा ३६ प ४५६५ नंं.को मोटरसाइकलमा सवार गजुरीका देब बहादुर तामाङ र गल्छी नवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरु नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेताहरु भएको प्रहरीले जनाएको छ। सो समूहका फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए। हाल चरेश तस्करीको समय भएकाले त्यसविरुद्ध सर्तकता बढाइएको धादिङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...