भारतलाई खुसी पार्न स्वराजसँग ओलीले गरे नसोचेको सहमति,पार्टी एकता नगर्न ओलीलाई सुष्माले दिइन यस्तो मन्त्र



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलविद्युत आयोजनाहरु र निर्माण योजनाको ठेक्का भारतलाई दिने समझदारी गरेका छन् । दुइदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको वान टु वान वार्तामा ओलीले आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले भारतसँग उच्च समझदारी र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

विशेष स्रोतका अनुसार ओलीले पञ्चेश्वर, बुढीगण्डकी, तराई मधेस फास्ट ट्रयाक, जनकपुर अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जिम्मा भारतलाई दिइने भन्दै भारतीय विदेशमन्त्रीसमक्ष बाचा गरेका हुन् । मेरो नेतृत्वमा सरकार बन्छ, मलाई भारतको पूरा सपोर्ट चाँहिन्छ। म पनि भारतलाई प्राथमिकता दिन्छु, बुढीगण्डकी र फास्ट ट्रयाक तुरुन्तै दिने भनेर ओलीले प्रतिबद्धता जनाएको बताइएको छ ।

भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका ओलीको राष्ट्रवाद भारतीय विदेशमन्त्री सुष्मा स्वराजका अगाडि नांगो भइसकेको छ । यसअघि मधेसी दलले भारतीय प्रतिनिधिलाई होटलमा भेट्दा कुटनीतिक मर्यादा विपरित भेटेको भनेर आपत्ति जनाउने ओली अहिले आफै सरकारलाई जानकारी नदिएर विदेशमन्त्रीलाई बोलाई होटलमाा उच्चस्तरीय वार्ता गर्न कुटनीतिक नीतिविपरित भएको छ । जसको विरोध भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले त ओलीलाई भारतीय दलाल भनिसकेको छ । यस्तो अवस्थामा वाम गठबन्धन कसरी अगाडी बढ्ला हेर्न बाँकी छ ।

नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ ।
भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीलाई नेपालका हुनेवाला प्रधानमन्त्रीको रुपमा हेरे । त्यसैको नतिजा हो सुश्मा स्वराजको नेपाल भ्रमण ।

भ्रमणले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउने भनिए पनि भेटको मूल उद्देश्य मोदी र ओलीबिचको व्यक्तिगत सम्बन्ध विस्तार जस्तो पनि देखिएको छ ।

प्रधानमन्त्री बन्ने लागेको बेलामा अहिले नै प्रधानमन्त्री भइसकेको जसरी स्वराजलाई रात्रीभोजसम्म दिनुले ओली आलोचनाको सिकार पनि भएका छन् । अर्कोतिर नाकाबन्दीका बेला भारतसामु नझुकेर सबै नेपालीले प्रशंसा गर्ने गरी राष्ट्रियताको कुरा गरेका ओली स्वराजसामु झुकेको भनेर टिप्पणी पनि गरिएको छ ।

यही सन्दर्भलाई नेकपा माओवादीले पनि सहजै लिन सकेको छैन । माओवादीकै सहयोगमा प्रधानमन्त्री बन्न लागेका ओलीले पार्टी एकतालाई छायाँमा पार्न लागेको आशंका माओवादी नेताहरुले गरेका छन् ।

भारतको विश्वास पात्रका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली चिनिन थालेपछि ओलीलाई माओवादी केन्द्रको दृष्टिकोण पनि फरक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका एक सदस्यले त ओलीलाई भारतीय दलाल नै भनेका छन् ।

प्रकाश दाहालको मृत्यु भएपछि सचिवालय सम्हाल्दै आएका मनोहरी तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै तीन अवतार प्रस्तुत गरेका छन् ।

मिमिल्सिनाले ओलीका बारेमा तीनवटा बुँदा छर्लङ्ग पार्ने प्रयास गरेका छन् । उनका अनुसार १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।
यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

आफू प्रधानमन्त्री बन्ने पक्का भएपछि ओलीले पार्टी एकतालाई ओझेलमा पार्न खोजेपछि माओवादी नेताहरु झन रुष्ट भएका छन् । ओलीले सके पार्टी एकता नै नगर्ने, गर्नै पर्ने भए प्रचण्डलाई अध्यक्ष पद कुनै पनि हालतमा नदिने रणनीति लिएको माओवादीका कतिपय नेताहरुले अनुमान लगाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित