प्रचण्डको टीमले ओलीलाई भारतीय दलालको यस्तो लगायो आरोप,पार्टी एकताको कुराले थाप्यो धराप



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ ।
भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीलाई नेपालका हुनेवाला प्रधानमन्त्रीको रुपमा हेरे । त्यसैको नतिजा हो सुश्मा स्वराजको नेपाल भ्रमण ।

भ्रमणले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउने भनिए पनि भेटको मूल उद्देश्य मोदी र ओलीबिचको व्यक्तिगत सम्बन्ध विस्तार जस्तो पनि देखिएको छ ।

प्रधानमन्त्री बन्ने लागेको बेलामा अहिले नै प्रधानमन्त्री भइसकेको जसरी स्वराजलाई रात्रीभोजसम्म दिनुले ओली आलोचनाको सिकार पनि भएका छन् । अर्कोतिर नाकाबन्दीका बेला भारतसामु नझुकेर सबै नेपालीले प्रशंसा गर्ने गरी राष्ट्रियताको कुरा गरेका ओली स्वराजसामु झुकेको भनेर टिप्पणी पनि गरिएको छ ।

यही सन्दर्भलाई नेकपा माओवादीले पनि सहजै लिन सकेको छैन । माओवादीकै सहयोगमा प्रधानमन्त्री बन्न लागेका ओलीले पार्टी एकतालाई छायाँमा पार्न लागेको आशंका माओवादी नेताहरुले गरेका छन् ।

भारतको विश्वास पात्रका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली चिनिन थालेपछि ओलीलाई माओवादी केन्द्रको दृष्टिकोण पनि फरक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका एक सदस्यले त ओलीलाई भारतीय दलाल नै भनेका छन् ।

प्रकाश दाहालको मृत्यु भएपछि सचिवालय सम्हाल्दै आएका मनोहरी तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै तीन अवतार प्रस्तुत गरेका छन् ।

मिमिल्सिनाले ओलीका बारेमा तीनवटा बुँदा छर्लङ्ग पार्ने प्रयास गरेका छन् । उनका अनुसार १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।
यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

आफू प्रधानमन्त्री बन्ने पक्का भएपछि ओलीले पार्टी एकतालाई ओझेलमा पार्न खोजेपछि माओवादी नेताहरु झन रुष्ट भएका छन् । ओलीले सके पार्टी एकता नै नगर्ने, गर्नै पर्ने भए प्रचण्डलाई अध्यक्ष पद कुनै पनि हालतमा नदिने रणनीति लिएको माओवादीका कतिपय नेताहरुले अनुमान लगाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...