भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भनिन सरकार बनाओ, चिंता मत कीजिए !



भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो ।

प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाइ दिइन् । र, अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् ।

 

सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो ।

भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर, यसमा भारतीय विदेशमन्त्री सुष्मा यो तपाईहरुको आन्तरिक विषय हो भन्दै पन्छिएको राजपाका एक नेताले अनलाइनखबरलाई बताए ।

सुष्माले मधेसी नेताहरुलाई संविधान संशोधन र वाम सरकारमा सहभागी हुने नहुने तपाईहरुको आन्तरिक विषय हो, तपाईहरु आफ्नो हित सोचेर आफैं निर्णय गर्नुहोस्, यसमा हाम्रो कुनै हस्तक्षेप हुँदैन भन्ने जवाफ दिएकी थिइन् ।

सरकार बनाओ, चिंता मत कीजिए !

भेटका क्रममा सुष्माले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् ।

तर, मधेसमा जारी रहेका भारतीय प्रजेक्टहरु समयमा पूरा नभएको गुनासो मधेसी नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरे । हुलाकी राजमार्ग लगायतका कुनै पनि प्रजेक्टहरु समयमा पूरा नभएको उनीहरुले गुनासो सुनाए ।

जवाफमा सुष्माले चुनावी जितलाई क्यास गर्दै पहिले प्रदेश २ मा सरकार बनाउन र ती आयोजनाहरु कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरिन् । उनले मधेसी राजपा नेताहरु भारतले त्यहाँको विकासमा सहयोग गर्ने वचन दिँदै भनिन्– सरकार बनाओ, चिंता मत कीजिए !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विकासमा जोड दिएको र छिमेकी देशको विकाससँगै जोडेर भारतको विकास गर्न चाहेकाले भारतको यो नीतिबाट फाइदा उठाउन सुष्माले राजपा नेताहरुलाई सुझाव दिइन् ।

आगामी बन्ने प्रदेश सरकारले बाढी नियन्त्रण लगायतका कोशी, गण्डक आदि प्रोजेक्टहरुमा भारतीय सहयोग प्राप्त गर्न सक्ने सुष्माले आश्वासन दिएको भेटमा सहभागी एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित