भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भनिन सरकार बनाओ, चिंता मत कीजिए !



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो ।

प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाइ दिइन् । र, अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् ।

 

सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो ।

भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर, यसमा भारतीय विदेशमन्त्री सुष्मा यो तपाईहरुको आन्तरिक विषय हो भन्दै पन्छिएको राजपाका एक नेताले अनलाइनखबरलाई बताए ।

सुष्माले मधेसी नेताहरुलाई संविधान संशोधन र वाम सरकारमा सहभागी हुने नहुने तपाईहरुको आन्तरिक विषय हो, तपाईहरु आफ्नो हित सोचेर आफैं निर्णय गर्नुहोस्, यसमा हाम्रो कुनै हस्तक्षेप हुँदैन भन्ने जवाफ दिएकी थिइन् ।

सरकार बनाओ, चिंता मत कीजिए !

भेटका क्रममा सुष्माले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् ।

तर, मधेसमा जारी रहेका भारतीय प्रजेक्टहरु समयमा पूरा नभएको गुनासो मधेसी नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरे । हुलाकी राजमार्ग लगायतका कुनै पनि प्रजेक्टहरु समयमा पूरा नभएको उनीहरुले गुनासो सुनाए ।

जवाफमा सुष्माले चुनावी जितलाई क्यास गर्दै पहिले प्रदेश २ मा सरकार बनाउन र ती आयोजनाहरु कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरिन् । उनले मधेसी राजपा नेताहरु भारतले त्यहाँको विकासमा सहयोग गर्ने वचन दिँदै भनिन्– सरकार बनाओ, चिंता मत कीजिए !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको विकासमा जोड दिएको र छिमेकी देशको विकाससँगै जोडेर भारतको विकास गर्न चाहेकाले भारतको यो नीतिबाट फाइदा उठाउन सुष्माले राजपा नेताहरुलाई सुझाव दिइन् ।

आगामी बन्ने प्रदेश सरकारले बाढी नियन्त्रण लगायतका कोशी, गण्डक आदि प्रोजेक्टहरुमा भारतीय सहयोग प्राप्त गर्न सक्ने सुष्माले आश्वासन दिएको भेटमा सहभागी एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...