एनआइसी एसिया बैंकले ल्यायो नयाँ योजना, कार्डको प्रयोग गरेर सामान किन्दा ‘क्यास ब्याक’ पाइने



हाम्रो इकोनोमि

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनी पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक दिने योजना ल्याएको छ । बैंकले यो योजना फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिना संचालन हुने जनाएको छ ।

यस योजनाअन्तर्गत बैंकका भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी पाँचसय रुपैयाँसम्मको नगद फिर्ता पाउने छन् ।

यो योजनाबाट बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने बैंकको विश्वास छ ।

हाल बैंकले १६३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५१८ वटा पिओएस मेशिनलगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । बैंकले भविष्यमा पनि यस्ता योजना सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...