विकासका लागि सूचना प्रविधि आवश्यक–मन्त्री बस्नेत



हाम्रो इकोनोमि

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याउनुभएको छ ।

इञ्जिनियरिङ अध्ययन संस्थान ९पुल्चोक क्याम्पस०द्वारा आज यहाँ आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो – “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।”

मन्त्री बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पु¥याउने सरकारको योजनाअनुसार अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी दिदैं काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...