लन्च गर्दै देउवा र स्वराजबीच ‘वान टु वान’ भेटवार्ता हुने,यस्तो हुदैछ छलफल



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच संयुक्त भेट भएको हो।

उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीको अग्रसरतामा भएको भेटमा प्रधानमन्त्री देउवा, संचारमन्त्री मोहनबहादुर बस्नेत, उद्योगमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदय शम्शेर राणा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी थिए।

यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको सहभागिता थियो।भेटवार्ता सकिए लगत्तै भारतीय विदेशमन्त्रीसहितको टोली बालुवाटारमा प्रधानमन्त्री देउवाले दिएको दिवाभोजमा सरिक भएको र यसपछि देउवा र स्वराजबीच ‘वान टु वान’ भेटवार्ता हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...