लन्च गर्दै देउवा र स्वराजबीच ‘वान टु वान’ भेटवार्ता हुने,यस्तो हुदैछ छलफल



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच संयुक्त भेट भएको हो।

उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीको अग्रसरतामा भएको भेटमा प्रधानमन्त्री देउवा, संचारमन्त्री मोहनबहादुर बस्नेत, उद्योगमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदय शम्शेर राणा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी थिए।

यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको सहभागिता थियो।भेटवार्ता सकिए लगत्तै भारतीय विदेशमन्त्रीसहितको टोली बालुवाटारमा प्रधानमन्त्री देउवाले दिएको दिवाभोजमा सरिक भएको र यसपछि देउवा र स्वराजबीच ‘वान टु वान’ भेटवार्ता हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...