सरकार गठनको तयारीबारे यस्तो कुरा गर्दै सकियो प्रचण्ड र सुष्माको भेटवार्ता,नारायणकाजीले गरे बिरोध



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सकारात्मक र रचनात्मक कुराकानी भएको बताएका छन्।

होटल सोल्टीमा शुक्रबार बिहान स्वराजसँगको भेट सकिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे कुराकानी भएको बताए।

‘उहाँले अबको राजनीति कसरी अगाडि जाला भनेर जिज्ञासा राख्नुभयो,’ प्रचण्डले भने। स्वराजको भ्रमणलाई आफूले सद्भाव भ्रमणको रुपमा बुझेको पनि प्रचण्डले बताए। सो क्रममा स्वराजले नेपालको विकास र स्थिरताका लागि भारतको सहयोग रहिरहने बताएकी थिइन्।

भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा हिजो नेपाल आएको स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग पनि हिजै भेट गरिसकेकी छन्।

यता नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको ‘टाइमिङ’ समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको टिप्प्पणी गरेका छन्।

शुक्रबार विहान सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले स्वराज भ्रमणबारे यस्तो टिप्पनी गरेका हुन्। ‘सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकुल छैन्,’ उनले लेखेका छन्,‘यद्यपि उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठले नेपालले आफ्नो प्रतष्ठिा कायम गर्नुपर्ने र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।श्रेष्ठ जस्तै अन्य कतिपय नेताहरुले पनि नेपालमा पुरानो सरकारले सत्ता हस्तान्तरण गर्ने र नयाँ सरकार बन्ने संवेदनशील समयमा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको टिप्पणी गरेका छन्।
स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा बिहिबार नेपाल भ्रमणमा आएकी छिन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...