सरकार गठनको तयारीबारे यस्तो कुरा गर्दै सकियो प्रचण्ड र सुष्माको भेटवार्ता,नारायणकाजीले गरे बिरोध



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सकारात्मक र रचनात्मक कुराकानी भएको बताएका छन्।

होटल सोल्टीमा शुक्रबार बिहान स्वराजसँगको भेट सकिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे कुराकानी भएको बताए।

‘उहाँले अबको राजनीति कसरी अगाडि जाला भनेर जिज्ञासा राख्नुभयो,’ प्रचण्डले भने। स्वराजको भ्रमणलाई आफूले सद्भाव भ्रमणको रुपमा बुझेको पनि प्रचण्डले बताए। सो क्रममा स्वराजले नेपालको विकास र स्थिरताका लागि भारतको सहयोग रहिरहने बताएकी थिइन्।

भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा हिजो नेपाल आएको स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग पनि हिजै भेट गरिसकेकी छन्।

यता नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको ‘टाइमिङ’ समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको टिप्प्पणी गरेका छन्।

शुक्रबार विहान सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले स्वराज भ्रमणबारे यस्तो टिप्पनी गरेका हुन्। ‘सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकुल छैन्,’ उनले लेखेका छन्,‘यद्यपि उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’

पूर्वपरराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठले नेपालले आफ्नो प्रतष्ठिा कायम गर्नुपर्ने र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।श्रेष्ठ जस्तै अन्य कतिपय नेताहरुले पनि नेपालमा पुरानो सरकारले सत्ता हस्तान्तरण गर्ने र नयाँ सरकार बन्ने संवेदनशील समयमा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको टिप्पणी गरेका छन्।
स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा बिहिबार नेपाल भ्रमणमा आएकी छिन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह