सुष्मालाई भेट्नु अघी बसेको बाम गठबन्धनको बैठकले ओली निबासमा यस्तो गर्यो निर्णय



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलले तयार पारेको रिपोर्ट संयोजन समितिले अनुमोदन गरेको छ । त्यस्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आजबाट सुरु भएको दुई दिने नेपाल भ्रमणबारे पनि संक्षिप्तमा छलफल भएको र उनको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास लिईएको छ ।

प्रतिनिधि र प्रदेश सभा चुनावमा गठबन्धन गरेर पार्टी एकताको गर्ने घोषणा गरेका एमाले र माओवादीले पछिल्लो समय एकीकृत पार्टीको नेतृत्व र सैद्धान्तिक कार्य्िदशा टुंगो लगाउन सकेका छैनन्। त्यसमा पनि अब दुई अध्यक्षहरु बसेर कुरा टुँगो लगाउने सहमति भएको छ ।

पछिल्लो समय एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। संयोजन समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा ‘बादल’ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...