शुष्माको नजरमा ओली पहिलो,प्रधानमन्त्री समेत रहेका देउवा कसरी भए अन्तिम?



हाम्रो इकोनोमि

भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं अवतरण गरेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको राजनीतिक भेटघाट एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सुरु हुने भएको छ।

केही समयअघिमात्र भारतीय बायुसेनाको जहाजबाट काठमाडौं अवतरण गरेकी स्वराज विमानस्थलबाट लैनचौरस्थित भारतीय दूतावास पुगेर ब्रिफिङ्ग लिनेछिन्।

त्यसपछि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताका लागि स्वराज सोल्टीमोडस्थित पाँचतारे होटल पुग्नेछिन्, जहाँ स्वराजको स्वागतमा ओलीले रात्रिभोजको आयोजना गरेका छन्।
ओलीसँगको भेट लगत्तै स्वराजले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ। भेटमा राजपा अध्यक्ष मण्डलका ६ सदस्य सहभागी हुनेछन्।

शुक्रबार विहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने कार्यक्रम छ। सम्भवतः त्यो भेटघाटपनि होटल सोल्टीमा नै हुनेछ।ओली, प्रचण्ड र राजपाबाहेक स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गरी राजनीतिक कुराकानी गर्ने कार्यक्रम तय गरिएको छ।

भण्डारीसँग राष्ट्रपति निवासमा दिउसो १२ बजे भेटघाट हुनेछ भने करिव आधा घण्टाको मिनेटको सो भेटघाटपछि स्वराजले प्रधानमन्त्री देउवासँग भेट्नेछिन्।
अहिलेसम्मको कार्यक्रम अनुसार प्रधानमन्त्री देउवासँग भेट गरेपछि स्वदेश नयाँदिल्ली फर्कनेछिन्। उनी दिउसो २ बजे विशेष विमानबाटै स्वदेश फर्कनेछि

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...