नेपाल आइपुगिन् स्वराज,यस्तो छ आज हुने महत्वपूर्ण राजनीतिक भेटघाटको तालिका



हाम्रो इकोनोमि

दुईदिने नेपाल भ्रमणका लागि भरखरै भारतीय विदेशमन्त्री सुष्मा स्वराज भरखरै काठमाडौं आइपुगेकी छिन्। पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन्।

भ्रमणको पहिलो दिन साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८ बजे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आएकी स्वराजले एमालेसँग बिग्रिएको सम्बन्ध सुधारमा पहल गर्नेछिन्।

नयाँ संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले नाकाबन्दी लगाएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहान लगायतका महत्वपूर्ण सम्झौता गरेको थियो। लगत्तै ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै कांग्रेसको सहयोगमा बनेको माओवादी केन्द्र नेतृत्वको सरकार गठनमा भारतको भूमिका रहेको एमालेले आरोप लगाउँदै आएको छ।

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले सम्मिलित वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि भारतसमेत सम्बन्ध सुधारको पक्षमा देखिएको छ। नयाँ सरकारको नेतृत्व गर्न गइरहेको एमालेसँग सम्बन्ध सुधार नगरी दक्षिण एसियाली राजनीतिमा नेपालसँग टाढा हुनुपर्ने निष्कर्षसहित भारतीय प्रधानमन्त्री मोदीले आपसी सद्भाव र सहकार्यको उद्देश्यस्वरुप विदेशमन्त्री स्वराजलाई काठमाडौं पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय गणतन्त्र दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै भारतसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका थिए। लगत्तै भारतीय प्रधानमन्त्री मोदीले विदेशमन्त्री स्वराजलाई विशेष सन्देशसहित नेपाल पठाएका हुन्।

होटल सोल्टीमा राजनीतिक भेट
नयाँ सरकार गठनअगाडि भारतीय पक्षबाट भएको उच्चस्तरको भ्रमणलाई महत्वका साथ हेरिएको छ। स्वराज सहितको टोलीको सम्मानमा एमाले अध्यक्ष ओलीले होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्। साँझ साढे ६ बजे सुरु हुने भेट वार्तामा ओलीसहित एमालेका पदाधिकारी सहितको टोलीको स्वराजसंग संयुक्त छलफल गर्ने एमाले अध्यक्षको निजी सचिवालयले जनाएको छ।

ओलीसँगको भेटलगत्तै सोही होटलमा स्वराजले राजपा नेपालका अध्यक्ष मण्डललाई भेटका लागि समय दिएकी छिन्। स्वराजसँगको भेटमा राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी हुने राजपा स्रोतले जनाएको छ। संविधान संशोधनको माग गर्दै लामो समययता मधेसकेन्द्रित दल आन्दोलित छन्। ती दलको मागप्रति भारतले समेत समर्थन जनाउँदै आएको छ।

स्वराजले भोलि बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ। लगत्तै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्नेछिन्।

उनी भोलि अपराह्न ४ बजे दिल्ली फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...