विद्युत् चोरी रोक्न कुलमान यसरी रन्किए,उपत्यकाका यी ठाउँमा हुदैछ विद्युत् कटौती



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरणले ललितपुरमा संगठितरुपमा भइरहेको विद्युत् चोरी नियन्त्रण गर्न आक्रामक कार्यक्रम अघि सारेको छ। चोरी नियन्त्रणमा सहयोग नगरे विद्युत् चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठित रुपमा विद्युत् चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको भए त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत् चोरीमा संलग्न हुनु देशकै लागि दुर्भाग्य र बेइज्जती हो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘१५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुनेछौं।’

विद्युत् कटौती गरेपछि जतिसुकै ठूलो दबाव आए पनि निर्णयबाट पछि नहट्ने घिसिङले बताए। उनले राजधानीलाई विद्युत् चोरीमुक्त बनाउन सबैको सहयोगका लागि आग्रह समेत गरेका छन्।
ललितपुरको भित्री शहरी क्षेत्रमा पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायत स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ।

गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धि, गुहीटोल, ठैव, बाँडेगाउँ, लुभु जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत् अत्यधिक चोरी हुने गरेको प्राधिकरणले जनाएको छ। यस्तै, चापागाउँ जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युत् चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए।

ती क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत छ। प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिब ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको जनाएको छ। उपभोक्ताले जोखिमपूर्ण तरिकाले विद्युतको प्रयोग गरिरहेको र यसबाट ठूलो दुर्घटना समेत हुने सक्ने भन्दै प्राधिकरणले सजग समेत गराएको छ।
विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले बताए।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ’, सिंहले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ।’

प्राधिकरणले चोरी नियन्त्रणका लागि विद्युत् वितरणको नाङ्गो तारको साटो माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडकबत्ती मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम गर्न थालेको छ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ तथा प्रहरी प्रमुखसँग छलफलमा जुटिरहेका छन्। उनले ललितपुरलाई विद्युत् चोरीमुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए।

ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रम सञ्चालन गरिने घिसिङले जानकारी दिए।

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट रहेको र चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...