ओलीसँग सुरुमै वान टु वान वार्ता गर्ने गरी किन आउदै छिन सुष्मा नेपाल?



हाम्रो इकोनोमि

भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् ।
विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने उद्देश्यले भएको अनुमान गरिएको छ ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका केपी ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र मन्त्री स्वराजलाई नेपाल पठाएका हुन् ।
स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको विशेष सुत्रहरुले बताएको छ । स्वारज र ओलीको वान टु वान वार्ता होटल सोल्टीमा हुने बताइएको छ ।

भेटमा महत्वपूर्ण विषयमा कुराकानी हुने अनुमान गरिए पनि खास कुराकानीको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । भावी प्रधानमन्त्रीको रुपमा रहेका ओली र स्वराजबिचको भेटलाई कतिपयले भारतीय प्रधानमन्त्री मोदीसँगकै भेट सरह हुने अनुमान गरेका छन् ।

वान टु वान वार्तापछि दुवै पक्षका डेलिगेशनसँग बसेर छलफल हुने बताइएको छ । त्यसपछि होटल सोल्टीमा नै दुई पक्षले एकसाथ डिनर गरेपछि छुट्टिनेछन् ।
आजै साझँ मधेशवादी दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्नेछिन् । राजपा अध्यक्षमण्डलका सबै सदस्य र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग साझँ भेट्ने समय तय भएको हो ।

भोली विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने समय तालिका बनाएकी छिन् । प्रचण्डसँगको बे्रकफास्ट मिटिङपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने बताइएको छ ।
त्यसपछि स्वारजको भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग हुनेछ । प्रधानमन्त्री देउवालाई भेट्न स्वराज प्रधानमन्त्री निवास वालुवाटार जानेछिन् ।देउवासँगको लञ्च मिटिङपछि स्वारज वालुवाटारबाट सिधै विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...