सुष्माको पहिलो रोजाइमा ओली त्यसपछी राजपाका नेता,देउवा संगको भेट भोली मात्र किन?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आजै राति राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग भेट गर्ने भएकी छिन्।
दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेकी विदेशमन्त्री स्वराजले राति ८ बजे राजपा अध्यक्ष मण्डलका नेतालाई भेट गर्ने कार्यक्रम तय भएको हो।

राजपा स्रोतका अनुसार अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, महेन्द्र यादव र राजकिशोर यादवले भारतीय विदेशमन्त्रीसँग भेटको तयारी गरेका छन्। स्वराजसँग अध्यक्ष मण्डलका सबै नेताले होटल सोल्टीमा सामूहिक रुपमा भेट गर्नेछन्।

संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउँदै आएको मधेसकेन्द्रित दल राजपालाई यो मुद्दामा भारतले समेत समर्थन साथ दिँदै आएको छ।

स्वराजले आजै एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्नेछिन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने उनको भेटवार्ता भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...