भारतीय विदेशमन्त्री सुष्माले आजै साझ ओली संग भेट गर्ने,यस्तो छ भेटघाटको तालिका



हाम्रो इकोनोमि

काठमाडौं आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ नै भेटवार्ता हुने भएको छ। राजधानीको सोल्टी होटलमा एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच ६.३० मा भेटघाट र कुराकानी हुने एमाले नेता राजन भट्टराईले बताए।

स्वराजको भेटघाट को को सँग कुन समयमा हुन्छ, त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन। प्रारम्भिक जानकारी अनुसार ओलीसँगको भेटपछि नै स्वराजको राजनीतिक भेटघाट हुने देखिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीसँग बाहेक अन्य भेटघाटबारे परराष्ट्र मन्त्रालयपनि बेखवर छ।

भट्टराईका अनुसार, ओली–स्वराज भेटघाट ‘वन अन वन’ हुनेछैन। ‘अहिलेसम्मको स्थिति अनुसार ओलीले पार्टीका केही नेताहरुसहित स्वराजसँग भेटघाट गर्नुहुनेछ’ भट्टराईले भने, ‘तर अध्यक्ष ओलीसँग को को नेता रहनु हुनेछ, त्यो तय भइसकेको छैन।’

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...