पर्यटकीय गन्तव्यको प्रचारका लागि महोत्सव



हाम्रो इकोनोमि

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८, बरादीस्थित धार्मिक पर्यटकीय गन्तव्य महामृत्युञ्जय शिवासनधामको प्रचार प्रसारका लागि महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव हुने भएको छ ।

महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म श्री शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सव–२०७४ सञ्चालन गरी करिब तीनलाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको हो ।

महायज्ञमार्फत धार्मिक चेतना फैलाउने, धर्म जागरण ल्याउने र धार्मिक पर्यटनको विकास गर्ने प्रमुख उद्देश्यका साथ महोत्सव सञ्चालन हुने मूल समितिका अध्यक्ष ज्योति पण्डित विष्णुप्रसाद बस्यालले बताउनुभयो ।

महोत्सवका असवरमा भागवत अलंकार पदवी विभूषित प्रखरवाचक पण्डित नेत्रप्रसाद पराजुलीले प्रमुख वाचक र १००८ स्वामी विवेकानन्द सरस्वती महाराज पावन सान्निध्यद्वारा कथा वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्यालले बताउनुभयो ।

महोत्सवको अवधिमा पितृमोक्ष तथा राष्ट्र«शान्तिको कामना गर्ने हेतुका साथ ११ करोड दीप प्रज्वलन, ११ लाख महामृत्युञ्जय मन्त्रजप, तगा हवन कार्यक्रम, सवालाख गायत्री मन्त्रजप, शत रुद्रीपाठ, गोदान विशेष कार्यक्रम, नवग्रह, शान्ति, कालसर्प, योग शान्ति, पितृदोष शान्ति, दैनिक योग ध्यान एवम् जीवन जिउने कला प्रशिक्षण, ज्योतिष तथा वास्तु परामर्श, सामूहिक व्रतबन्ध, विवाह, चौरासी पूरा आदि कार्यक्रम रहेको शिवासनधामका अध्यक्ष माधव बस्यालले बताउनुभयो ।

महोत्सवको पहिलो दिन माघ २१ गते १० बजे कलश यात्रा र १ बजे उद्घाटन हुने आयोजकले जनाएका छन् ।

यहाँको शिवको ध्यान आसनमा रहेको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्तिका रुपमा लिइँदै आएको छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवको मूर्ति स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीय बासिन्दा भगवान भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...