अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो? भन्दै यसरी जंगीए गोकुल बास्कोटा



हाम्रो इकोनोमि

नेकपा एमालेका सांसद एवं प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् ।

एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेकोप्रति बास्कोटाले आपत्ति जनाए । उनले भने– ‘म पनि सचिवालयमा छु, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो ? केको सचिवालयले गर्‍यो ? सचिवालयले त्यस्तो कुनै निर्णय गरेको छैन ।’

 

अष्टलक्ष्मीलाई यदि मुख्यमन्त्री बन्ने ईच्छा लागेको भए पार्टीभित्र दलको नेताका लागि चुनावी मैदानमा आउन बास्कोटाले चुनौती दिए । उनले भने– ‘मुख्यमन्त्री बन्ने ईच्छा भए चुनाव लडे भैगो । जबजले चुनाव र प्रतिस्पर्धामा जाऊ भनेको छ, त्यही अनुसार चुनाव जितेर आउनुपर्छ ।’

एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीबाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...