प्रधानमन्त्री देउवाद्वारा पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उहाँले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताउनुभयो ।

धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो ।

“राजीनामा दिएर होइन, अब सबै मिलेर पार्टीलाई पहिले जस्तै ठूलो र लोकप्रिय बनाउनुपर्छ,” उहाँले भन्नुभयो । राजनीतिक सहमति कायम गर्न धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफूलाई दुःख लागेको प्रधानमन्त्रीले बताउनुभएको धनकुटा काँग्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

भेटमा धनकुटा काँगे्रसका सभापति अग्निप्रसाद पौडेल, निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्वअध्यक्ष टंक दवाडीलगायतले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...