प्रधानमन्त्री देउवाद्वारा पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उहाँले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताउनुभयो ।

धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो ।

“राजीनामा दिएर होइन, अब सबै मिलेर पार्टीलाई पहिले जस्तै ठूलो र लोकप्रिय बनाउनुपर्छ,” उहाँले भन्नुभयो । राजनीतिक सहमति कायम गर्न धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफूलाई दुःख लागेको प्रधानमन्त्रीले बताउनुभएको धनकुटा काँग्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

भेटमा धनकुटा काँगे्रसका सभापति अग्निप्रसाद पौडेल, निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्वअध्यक्ष टंक दवाडीलगायतले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...