राजेन्द्र पाण्डेले मुख्यमन्त्री बन्न जुटाए ३८ मत,अष्टलक्ष्मीलाई मुख्यमंत्री बन्न यसरी हुने भयो अप्ठ्यारो



मुख्यमन्त्रीको उम्मेद्वार छान्न एमालेभित्रै चुनाव भए प्रदेश १ का शेरधन राई र प्रदेश ३ की अष्टलक्ष्मी शाक्य दुबै जना डेञ्जर जोनमा पर्न सक्ने देखिएको छ । एमालेको स्थायी समितीले पनि चुनाब बाटै संसदीय दलको नेता छान्न निर्णय गरे पछी राई र शाक्य समस्यामा पर्ने देखिएको हो। एमालेलाई प्रदेश नम्बर १, ३ र ४ मुख्यमंत्री भाग लागेको छ।

एमाले एकताबद्ध छ भन्ने सन्देश दिनका लागि पनि अहिले प्रदेशसभा सांसदहरुलाई गुटमा विभाजित हुने वातावरण सिर्जना नगर्न शाक्यले आग्रह गरेकी थिइन् । उनले आफु सहिद हुन् सक्ने संकेत पछी उक्त कुरा गरेको एमालेका अर्का नेताले बताए।
तर, उपाध्यक्ष शाक्यको प्रस्तावमा झलनाथ खनाल, माधव नेपाललगायतका नेताले सकारात्मक नभएपछि बैठकले सकेसम्म सहमतिमा नेता चुन्ने र सहमति नभए निर्वाचन गराउने निर्णय लिएको हो ।

तर, प्रदेश १ का मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले खनाल र नेपाललाई चुनावको पक्षमा उभिन दबाव दिएको आशंका एमाले नेताहरुको छ ।

प्रदेश १ का संयोजक एवं पार्टी सचिव भीम आचार्यले प्रदेशसभामा आफूले टिकट दिएका र समानुपातिकमा राखेकाहरु धेरैले जितेका कारण चुनाव हुँदा आफुले जित्ने पोजिशन नेताहरुलाई सुनाएका छन् ।

जबकि माधव नेपाल पक्षकै नेता जीवन घिमिरेले सो पक्षबाट आफू पनि मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्दै आचार्यलाई स्वीकार नगर्ने बताइसकेका छन् । घिमिरेले पनि उम्मदेवारी दिए भने माधव नेपालपक्षको भोट बाँडिने छ र ओली पक्षका शेरधन राईलाई फाइदा पुग्ने छ ।

प्रदेश १ मा एमालेका ५१ सांसद छन् । गुटका आधारमा माधव नेपाल पक्षको संख्या बढी भए पनि भीम आचार्यलाई नेपाल पक्षले नै भोट नदिने कतिपयले बताइसकेका छन् ।

स्थानीय चुनावका बेला उम्मेदवार उठाउन पैसा लिएको आरोप आचार्यमाथि लागेको छ । नेपाल पक्षकै नेतासँग पैसा मागेको प्रमाण कोटेश्वरमा पुगेपछि माधव नेपालसमेत आचार्यको सन्दर्भमा अहिले बोल्न सकेका छैनन् ।

माधव नेपाल खनाल पक्षका मोरङका जीवन घिमिरे, राजकुमार ओझालगायत ८ जना सांसदले भीम आचार्यलाई मत नदिने बताइसकेका छन् । नेपाल पक्षकै राजेन्द्र राई, राजन राई लगायतका सांसदहरु खुलेका छैनन् । नेपाल पक्षकै पाँचथरका गणेश काङवाङले आचार्यलाई समर्थन नगर्ने बताइसकेका छन् ।

राजेन्द्रले चुनावकै बेला शेरधन मुख्यमन्त्री भनेर भोट मागेकाले अहिले भीम आचार्यको पक्षमा उभिन नमिल्ने आफू निकटहरुलाई बताएका छन् । चुनाव भएको अवस्थामा शेधरनको पक्षमा ५१ मध्ये ३० सांसद पुग्न सक्ने स्रोतको दावी छ । एमालेमा दलको नेता जित्न २६ मत भए पुग्छ ।

भीम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले चुनाव भएमा आफूले जित्ने दाबी गरेका छन् । काठमाडौंमै भेटिएका घिमिरेले माधव नेपाल पक्षबाट आफू उम्मेवार हुने बताए । उनले भीम आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको सबै मत नपाउने दावी गरे ।

यता प्रदेश ३ मा भने फरक अवस्था छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्नेमा अध्यक्ष ओली पनि सकारात्मक छन् ।
तर, चुनाव भयो भने ओली र नेपाल पक्षमा सांसदहरु विभाजित हुँदा शाक्यको जित्ने निश्चित छैन ।

पार्टी उपाध्यक्ष, नेवार समुदायका साथै महिला, प्रदेश संयोजक र व्यक्तित्वका कारण शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै अरुण नेपाल लगायतका नेताले शीर्ष नेतृत्वले संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।

जातीय र लैंगिक सन्तुलन मिलाउन पनि नेतृत्वले सहमतिको पहल गर्नुपर्ने उनीहरुको भनाइ छ । यसबारेमा ती नेताहरुले माधव नेपाल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग पनि कुरा गरेका छन् । ‘अहिले हामीले जातीय र लैंगिक समावेशी आधारमा मुख्यमन्त्री चयन गर्ने अवसर छ । गुटको चुनावका नाममा यो अवसर गुमायौं भने धेरै वर्षसम्म एमालेले आरोपको सामना गर्नुपर्नेछ’ शीर्ष नेताहरुसँग उनीहरुले भनेका छन् ।

तर, भीम आचार्य र राजेन्द्र पाण्डेले भने जातका आधारमा मुख्यमन्त्री बन्ने तर्क गलत रहेको बताएका छन् । प्रदेश ३ मा राजेन्द्र पाण्डे ओली पक्षको उम्मेदवार बन्न खोजिरहेका छन् । उनी चुनावअघिसम्म माधव नेपाल पक्षमा थिए ।

त्यसो त मुख्यमन्त्रीका लागि चुनाव हुँदा ओली पक्षबाटै पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे बाहेक सानु श्रेष्ठ सहित केशव स्थापित, डोरमणि पौडेल र कैलाश ढुंगेल संसदीय दलको नेताको दाबेदारका रुपमा देखिएका छन् । यद्यपि ओलीले अहिलेसम्म कसैलाई संकेत दिएका छैनन् ।

प्रदेश ३ को प्रदेशसभामा एमालेका ५८ सांसद छन् । राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य र आफ्नो प्रतिस्पर्धा हुँदा आफूले ३८ मत पाउने दाबी गरेका छन् । समानुपातिकका केही सांसद प्रष्ट नखुले पनि यहाँ चुनाव हुँदा ओली पक्षको मत बढी छ । ओली पक्षले आफ्नो पक्षमा ३४ सांसद रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित