प्रचण्डलाई पछ्याउदै ओली,बालकोटमा कसैलाई नभेट्ने निर्णय गरेका ओलीलाई अब कहाँ भेट्न सकिन्छ?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।

भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।

बालकोटमा अबदेखि उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक भेटवार्ता मात्रै हुने उनले बताए । अध्यक्ष ओली सोमबार, बुधबार र शुक्रबार बिहान ११ वर्षदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालयमा रहने र त्यहाँ नै औपचारिक भेटवार्ता गर्ने स्वकिय सचिव दाहालले बताए । उता माओबादी अध्यक्ष प्रचण्डले पनि पार्टी कार्यालयमा मात्र भेट घाट गर्ने बताईसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...