प्रचण्डलाई पछ्याउदै ओली,बालकोटमा कसैलाई नभेट्ने निर्णय गरेका ओलीलाई अब कहाँ भेट्न सकिन्छ?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।

भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।

बालकोटमा अबदेखि उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक भेटवार्ता मात्रै हुने उनले बताए । अध्यक्ष ओली सोमबार, बुधबार र शुक्रबार बिहान ११ वर्षदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालयमा रहने र त्यहाँ नै औपचारिक भेटवार्ता गर्ने स्वकिय सचिव दाहालले बताए । उता माओबादी अध्यक्ष प्रचण्डले पनि पार्टी कार्यालयमा मात्र भेट घाट गर्ने बताईसकेका छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...